NEOC 12th AGM
Provincial Training of Trainers (TOT) for Election Observation
Electoral Model and Representation Character in Nepal
Election Observation National Preview Conference
National Review Conference May 2022
Participants of LTOs Training
सरोकारवाला संस्थाहरूद्वारा निर्वाचन आयोगमा बाह्य र जिल्ला बाहिरको मतदानको मागसहित ज्ञापनपत्र पेश
नियोकको १२ औं वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८२ मंसिर १५ गते काठमाडौंको नयाँबानेश्वरमा रहेको अल्फावेटाको सभाहलमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को सल्लाहकारहरु, संस्थापक सदस्यहरु एवं आजीवन सदस्यहरुको उपस्थिति र विभिन्न आतिथिहरुको अतिथ्यतामा १२ औं वार्षीक साधारणसभा सम्पन्न भएको छ । केन्द्रिय कार्यवाहक अध्यक्ष स्टेला तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नियोकका पूर्व अध्यक्ष एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ रहनु भएको थियो ।
सभामा श्रेष्ठले आफ्नो विचार व्यक्त गर्दै भन्नु भयो– वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेको र यस पटक लोतकान्त्रीक प्रक्रिया भन्दा बाहिरबाट बनेको सरकाले निर्वाचन गराउन लागेको हुनाले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं धाधली रहित ढंगले सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र नियोकमा आवद्ध सम्पूर्ण पर्यवेक्षकहरुलाई सकृयरुपमा आ–आफ्नो ठाँउबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि विशेष आग्रह गर्नुभयो ।
साधारणसभाको अवसर पारेर प्रमुख अतिथि र विशेष अतिथिको हातबाट भक्तपुरका मानवअधिकारकर्मी अकुर प्रसाद न्यौपाने लगायत अन्य ११ जनालाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि निर्वाचन आयुक्त जानकी तुलाधरले भन्नुभएको थियो– हामीले फागुन २१ गते हुन लागेको निर्वाचन निष्पक्ष र भय रहित वातावरणमा समपन्न गराउनको लागि राजनीतिक दलहरुसँगका साथसाथै विभिन्न सम्वन्धित सरकारी एवं गैर सरकारी निकायहरुसँग पनि तिब्र छलफल गरीरहेकाछौं । साथै, तुलाधरले नियोकलाई पहिले पहिलेको निर्वाचनहरुमा जस्तै यस पटक हुन लागेको निर्वाचनको पर्यवेक्षण मिसनमा समेत विशेष भुमिका निर्वाह गर्न आग्रह गर्दै निर्वाचन आयोगले नियोकको सुझावहरु ग्रहण गर्ने धारणा राख्नुभएको थियो ।
अतिथिका रुपमा पाल्नुभएका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व माननीय सदस्य एवं मानवअधिकारवादी शुसील प्याकुरेलले नियकोको स्थापनकालदेखि हालसम्म भएगरेका निर्वाचन पर्यवेक्षणको अनुभवहरु सुनाउनुभएको थियो ।
कार्यक्रममा महिला मानवअधिकारवादी शान्तलाल मुल्मी, मानवअधिकारवादी दुर्गा सोव लगायतले आउँदो निर्वाचन सफल बनाउन राज्यका सवै अङ्गले तिव्ररुपमा काम गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नियोकको आ.व.२०८१/८२ को वार्षीक प्रतिवेदन महासचिव तेजबहादुर सुनारबाट अनुमोनदको लागि पेश गरीएको थियो र छलफलमा उठेका विषयहरुको जवाफ समेत दिइएको थियो । साथै, वार्षीक आम्दानी र खर्च कोषाध्यक्ष तेजप्रसाद तिम्सिनाबाट साधारणसभामा पेश गरीएको थियो र छलफलमा उठेका विषयहरुको जवाफ दिइएको थियो ।
अन्तत, १२ औं वार्षीक साधारणसभाबाट डा.गोपाल कृष्ण सिवाकोटीको नेतृत्वमा १३ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो ।
कार्यक्रमा नियोक केन्द्रिय उपाध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले स्वागत मन्तव्य राख्नुभएको थियो, नियोक केन्द्रिय उपाध्यक्ष देवीका तिमल्सीनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमलाई सहजीकरण प्रवन्ध निर्देशक डा. विकल श्रेष्ठबाट भएको थियो ।
Photo Gallery:







































